लुम्बिनी प्रदेशका नवनियुक्त ३ मन्त्रीले लिए शपथ
मेरोन्यूज
२०७८ वैशाख २२ गते १६:०९
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले नवनियुक्त तीन मन्त्रीलाई मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितिमा शपथ खुवाएका हुन् ।
मुख्यमन्त्री पोखरेलले मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार गठन गरिएको मन्त्रिपरिषदमा मंगलबार पुनर्गठन गरी कार्यविभाजन गरेका थिए । पुनर्गठित मन्त्रिपरिषदमा तीन नयाँ मन्त्रीलाई थप गरिएको थियो ।
शपथ लिनेमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ, आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्य र शिक्षा तथा सामाजिक विकासमन्त्री धर्मबहादुरलाल श्रीवास्तव रहेका छन् । नवगठित मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित ९ मन्त्री र एक राज्यमन्त्री छन् ।
सम्बन्धित
















साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
प्रतिक्रिया