लखनउ सुपर जाइन्टद्दारा गुजरात टाइटन्स पराजित
मेरोन्यूज
२०८२ जेठ ९ गते ९:११

काठमाडौं । लखनउ सुपर जाइन्टले गुजरात टाइटन्सलाई पराजित गरेको छ ।
गएराती सम्पन्न आइपिएलको खेलमा लखनउले शिर्ष स्थानमा रहेको गुजरातलाई ३३ रनले पराजित गरेको हो ।
लखनउले दिएको २३६ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ९ विकेट गुमाउदै २०२ रन बनाएको थियो । गुजरातका लागि शाहरुख खानले सर्बाधिक ५७ रन बान्ये भने शेरफान रुदरफोर्डले ३८, कप्तान शुभमन गिलले ३५, जोस बटलरले ३३ र साई सुदर्शनले २१ रन बनाएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको लखनउले मिचेल मार्शको ११७ रनको शतकीय पारी र निकोलस पुरणको ५६ रनको पारीको सहयोगले २० ओभरमा २ विकेट गुमाउदै २३५ रन बनाएको थियो ।
प्लेअफको दौडबाट बाहिरिएको लखनउको यो जितपछि १३ खेलमा १२ अंक भएको छ र छैटौं स्थानमा रहेको छ ।
त्यस्तै हारका बाबजुत गुजरात १३ खेलमा १८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
सम्बन्धित









इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रतिक्रिया