क्लब विश्वकपपछि मोड्रिचले रियाल मड्रिड छाड्ने

काठमाडौं। अनुभवी मिडफिल्डर लुका मोड्रिचले क्लब विश्वकपपछि स्पेनिस क्लब रियाल मड्रिड छाड्ने भएका छन् ।
३९ वर्षीय क्रोएसियन स्टार मोड्रिचले सामाजिक सञ्जालमार्फत १३ वर्षको मड्रिड बसाइ अन्त्य गर्ने निर्णय लिएको जानकारी दिए।
‘त्यो क्षण आइपुगेको छ । जुन म कहिल्यै नआओस भन्ने चाहान्थे तर फुटबल यही हो । जीवनमा पनि सबै कुरा सुरु भएर अन्त्य पनि हुन्छ,’ मोड्रिचले भनेका छन् ,‘ सन् २०१२ मा संसारकै उत्कृष्ट क्लबको जर्सी लगाउने आशा र ठूला उपलब्धिहरु हासिल गर्ने महत्त्वाकांक्षासहित म यहाँ आएको थिएँ तर त्यसपछि जे भयो, त्यो मैले कल्पना पनि गरेको थिइनँ ।’
उनी सन् २०१२ मा इङ्लिस क्लब टोटनहमबाट रियाल भित्रिएका थिए । १३ वर्ष रियालमा रहँदे मोड्रिचले २८ उपाधि जितेका थिए।
उनले समान ६ च्याम्पियन्स लिग र क्लब विश्वकप जितेका थिए । यसैगरी माड्रिचले पाँच युरोपियन सुपर कप, चार पटक ला लिगा, दुई कोपा डेल रे र पाँच सुपर कप पनि जिते ।
क्लब विश्वकप जुन १५ देखि जुलाई १३ सम्म हुनेछ ।
















सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि प्रदर्शन
इरानमाथि दबाब क्रमिक रूपमा घटाइने
निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया