रिलायबल नेपाल लाइफद्वारा घातक रोग वापत २० लाख दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बीमा अन्तर्गत बीमित महेश बानीयालाई २० लाख रुपैयाँको बीमा दाबी भुक्तानी गरेको छ।
सम्पूर्ण कागजात पेश गरेपछि कम्पनीले छोटो समयमा नै दाबी रकम उपलब्ध गराएको हो।
२०७७ साल चैत्रमा कम्पनीको हाकिमचोक शाखा, भरतपुरमार्फत १५ वर्षे जीवन बीमा योजना लिएका भरतपुर–३, चितवन निवासी बानीयाले तीन किस्ताको बीमा शुल्क मात्र भुक्तानी गरेका थिए। २०८० साल वैशाख २ गते पुरानो मेडिकल कलेज, भरतपुरमा सामान्य परीक्षणका क्रममा कलेजोमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल लगिएको थियो। २०८१ पौष १५ गते कलेजो प्रत्यारोपण गरिएको थियो।
नेपालमा एक महंगो उपचार प्रक्रियामध्ये पर्ने कलेजो प्रत्यारोपणमा झन्डै ४० लाख रुपैयाँसम्म खर्च लाग्ने हुँदा बीमितले बीमा कम्पनीमा समयमा जानकारी गराएपछि प्रक्रिया अघि बढाइएको थियो।
२०८२ साल जेठ ७ गते हाकिमचोक शाखामा आयोजित कार्यक्रममा शाखा प्रमुख राजकुमार दाहालले बीमित बानीयालाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए। कार्यक्रममा बानीयाले जीवन बीमाले संकटको समयमा दिएको सहयोगको प्रशंसा गर्दै बीमा सम्बन्धी नकारात्मक हल्लाहरू आधारहीन भएको बताए।
बीमा अभिकर्ता सरस्वती गौतमप्रति आभार व्यक्त गर्दै बानीयाले भविष्यमा अन्यलाई पनि बीमाको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा बीमाको महत्व, बचत, बोनस, नेपालमा बीमाको अवस्था र भविष्यमा सम्भावित जोखिम न्युनिकरणका लागि अहिले नै बीमा गर्नुपर्नेमा वक्ताहरूले जोड दिए।
उक्त कार्यक्रममा हाकिमचोक शाखाका बरिष्ठ एजेन्सी म्यानेजर मनोज चौलागाईं, बिष्णुकुमारी कुँवर, समिता दराई, तारा कुमाल, जानकी शाह श्रेष्ठसहित अन्य एजेन्सी म्यानेजर, कर्मचारी तथा स्थानीयको उपस्थिति रहेको थियो।















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया