प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा ग्वासी विद्यालयलाई झोला वितरण

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले कैलाली जिल्लाको चुरे गाउँपालिका अन्तर्गत रहेको ग्वासी आधारभूत विद्यालयका ११० जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम थापाको अध्यक्षतामा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लाको दुर्गममा रहेको उक्त विद्यालयमा अध्ययनरत कक्षा १ देखी ८ सम्मका ११० जना विद्यार्थीहरुलाई एक औपचारिक कार्यक्रमका बिच झोला वितरण गरेको छ ।
कार्यक्रममा विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानिय जनप्रतिनिधि, शिक्षक अभिभावक सँघका पदाधिकारी तथा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
स्थानीय तहको शिक्षा विकासमा निजी क्षेत्रको सहभागिता बढ्दै जाँदा यस्ता पहलहरूले विद्यार्थीको पठनपाठनमा थप ऊर्जा थप्ने विश्वास गरिएको छ।
















रसुवा भन्सारमा सामान जाँचपास सुरु
गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया