नेप्से ५ अंकभन्दा बढीले घट्यो
काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज बुधबार ५ दशमलब ९ अंकले घटेको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब १९ अंकले घटेर २ हजार ६ सय ४९ दशमलव ६ बिन्दुमा झरेको छ ।
बुधबार कूल २ सय १८ कम्पनीका १ करोड ४८ लाख ६७ हजार ९ सय ९५ कित्ता शेयर ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३ सय १३ रुपैयाँमा २८ हजार ७ सय ७१ किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ । आशा, लक्ष्मी, इन्फिनिटी र सबैको लघुवित्त कम्पनीको शेयरमा ओरालो लागेको छ । यद्यपि, धेरै कम्पनीले भने बुधबार नाफा कमाएका छन् ।
सबैभन्दा धेरै प्रमु इन्सोरेन्सले बुधबार कमाएको शेयर बजारमा कारोबार सुरु भएको चैत ३ गतेदेखि आजसम्म ४९ दिन लगातार बढेको महिला लघुवित्तको शेयर आज पनि १० प्रतिशतले बढेर प्रतिकित्ता ४ हजार ५ सय सय ७३ रुपैयाँमा पुगेको छ । १ हजार लगानी गरेका शेयरधनीले ३४ दिनमै ४५ हजार रुपैयाँभन्दा धेरै कमाएका छन् ।
स्टक एक्सचेञ्जका अनु्सार बैंकिङ समूहको शेयर पाँच अंकले, विकास बैंकको तीन अंकले, होटल तथा पर्यटनको ३७ अंकले, उत्पादनको ६७, जीवन बीमा समूहको ५५ र लघुवित्त समूहको शेयर चार अंकले घटेको छ । व्यापार, जलविद्युत्, फाइनान्स र निर्जीवन बीमा समूहको शेयर भने बढेको छ ।

















विद्यार्थीसँग एमाले अध्यक्ष ओली
झापामा चैते धान रोपाइँ सुरु
स्याङ्जाका ८ पालिकामा आज सार्वजनिक बिदा
आईसीसी टी–२० विश्वकप : आज सेमिफाइनल पुगिसकेको इंग्ल्यान्ड र संघर्षमा रहेको न्युजिल्यान्ड भिड्दै
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
क्रिकेटर करण केसीले गरे बिहे
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
प्रतिक्रिया