प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता सुरू, उद्घाटन खेलमा डाँस-मोरङी विजयी

पथरी। मोरङको पथरी शनिश्चरे-१० स्थित जिरीखिम्ती मैदानमा शनिबारदेखि सुरू भएको प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा डाँस-मोरङी क्रिकेट क्लबले जित हासिल गरेको छ।
उद्घाटन खेलमा डाँसले स्टन बुलेट क्रिकेट क्लब दुहबीलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको स्टन बुलेटले निर्धारित १८ ओभरमा ६ विकेटको क्षतिमा ९४ रनको लक्ष्य प्रस्तुत गर्यो। वर्षाले असर गरेपछि खेल २ ओभर घटाइएको थियो। बुलेटका लागि लोकेश पोद्धारले २६, अमृत शर्माले २२ र सूर्य रौनियारले १२ रन बनाए। अन्य खेलाडी भने दोहोरो अंक बनाउन सकेनन्।
बलिङतर्फ डाँसका मोहम्मद उमर सानीले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए भने रविन मण्डलले १ विकेट हात पारे।
जवाफी ब्याटिङमा डाँस-मोरङीले ११ ओभरमै ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। टोलीका लागि रविन मण्डलले ३१, दिपेश सुवेदीले २६ र उमर सानीले १६ रन बनाए। स्टन बुलेटका लागि लोकेश पोद्धार, मनिष न्यौपाने र सौर्य रौनियारले समान १-१ विकेट लिए। म्यान अफ द म्याच डाँसका उमर सानी घोषित भए।
प्रतियोगिताको दोस्रो खेलमा बी एन्ड एस क्रिकेट क्लब काँकडभिट्टाले बराहक्षेत्र क्रिकेट क्लबलाई ९ रनले पराजित गर्दै जित हात पारेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको काँकडभिट्टाले १४ ओभरमा १०७ रन बनाउँदै अलआउट भयो। समीर श्रेष्ठले ३२, आयुष न्यौपानेले २६ र देवेन्द्र महतले १७ रन बनाए।
बराहक्षेत्रका लागि निक्कु मण्डलले ३ विकेट, अनिश श्रेष्ठ र आयुष राईले समान २-२ विकेट तथा अजय पौद्धार र उमेश चौधरीले समान १-१ विकेट लिए।
१०८ रनको लक्ष्य पछ्याएको बराहक्षेत्रले निर्धारित २० ओभरमा ९६ रन मात्र बनाउन सक्यो। टोलीका लागि उमेश चौधरीले २२, आयुष राईले १८ र निक्कु मण्डलले १६ रन बनाए।
काँकडभिट्टाका लागि प्रेम सिंहले ३ विकेट, शिव राजवंशीले २ विकेट तथा आशिक रानामगर, आयुष न्यौपाने र प्रवेश कामतीले समान १-१ विकेट लिए।
म्यान अफ द म्याच आयुष न्यौपाने घोषित भए। त्यसअघि पथरीशनिश्चरे नगर उपप्रमुख देवीमाया काफ्लेले उदघाट्न गरेकी थिइन्।
कन्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिको आयोजनामा सुरू भएको प्रतियोगितामा झापा, मोरङ र सुनसरीका १६ क्रिकेट क्लबको सहभागिता रहेको छ।










नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट
कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु
चितवनमा जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु
घरमा ढुङ्गा खस्दा हुम्लामा चार जना घाइते
एमाले महाधिवेशन : ४ सय मत खस्यो
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया