शनिबार, चैत ७, २०८२

आईपीएलः पञ्जाबविरुद्ध दिल्ली ६ विकेटले विजयी

मेरोन्यूज २०८२ जेठ ११ गते ७:३८

काठमाडौं । यो सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिसकेको दिल्ली क्यापिटलले दोस्रो स्थानको पञ्जाब किंग्सविरुद्ध शानदार जित निकालेको छ।

Advertisement
nepal life insurencenepal life insurence

सिजनको अन्तिम खेलमा शनिबार राति दिल्लीले पञ्जाबलाई ६ विकेटले हराएको हो। प्रतियोगिताबाट बाहिरिएको टिमसँगको यो हारसँगै दोस्रो स्थानको पञ्जाबले शीर्ष स्थानकाे मौका गुमाएको छ।

पन्जाबले दिएको २०७ रनको लक्ष्य पछ्याएको दिल्लीले ३ बल बाँकी रहँदा चार विकेटको क्षतिमा २०८ रन जोडेको हो।दिल्लीका लागि समीर रिज्भीले अविजित रहँदै २५ बलमा ५८ रन प्रहार गरे। उनको पारीमा तीन चौका र पाँच छक्का समावेश थियो। करुण नैरले २७ बलमा ४२ रन जोडे। दिल्लीका हरप्रित बरले दुई विकेट हात पारेका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले आठ विकेटको क्षतिमा २०६ रनको योगफल खडा गरेको थियो। पञ्जाबका लागि मार्कस स्टोनिसले अविजित रहँदै १६ बलमा ४४ रन जोडे। उनको धुवाँदार पारीमा तीन चौका र चार छक्का समावेश थियो। कप्तान श्रेयास ऐयारले ३४ बलमा ५३ तथा जोस इङ्लिसले १२ बलमा ३२ रन प्रहार गरे।

दिल्लीका मुस्ताफिजुर रहमानले ४ ओभरमा ३३ रन खर्चेर तीन विकेट लिए। विपराज निगम र कुलदीप यादवले समान दुई विकेट लिए। पञ्जाब १७ अङ्कसहित दोस्रो स्थानमा छ। शीर्ष स्थानको गुजरात टाइटानको १८ अङ्क छ। दिल्लीले भने सबै खेल सकेर १५ अङ्क जोडेको छ।

प्रतिक्रिया