एमबाप्पेकाे गाेलमा रियल म्याड्रिड बिजयी, गाेल्डेन बुटका दाबेदार
मेरोन्यूज
२०८२ जेठ ११ गते १०:२७

काठमाडौं । रियल म्याड्रिडले जितसँगै स्पेनिस ला लिगाको यस सिजनको अन्त्य गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई २–० गोल अन्तरले पराजित गरेसँगै यस सिजनको अन्त्य गरेको हो ।
रियल म्याड्रिडको जितमा दुवै गोल किलीयन एम्बाप्पेले गरेका थिए । एम्बाप्पेले दुवै गोल खेलको ३८औँ र ८३औँ मिनेटमा गरेका थिए ।
योसँगै एम्बाप्पेले ला लिगाका ३३ खेलमा ३१ गोल गर्दै गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी रहेका छन् ।
दोस्रो स्थानमा बार्सिलोनाका रोबेर्ट लेवानडोस्की रहेका छन्, उनले २५ गोल गरेका छन् । साथै, रियल म्याड्रिडमा एम्बाप्पेले यस सिजनका सबै खेलमा ४३ गोल गरेका छन् ।
यो जितपछि रियल म्याड्रिडले ३८ खेलमा ८४ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।
सम्बन्धित









यस्ता छन् नवनियुक्त मुख्यसचिवका २५ बुँदे प्राथमिकता
विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन
एनपीएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
आयनले ल्यायाे ‘दि एक्सट्राओडिनरी एक्सचेन्ज अफर’
पोखरामा केई र फोर्थिङको सोरुम सञ्चालनमा
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
पत्रकार दीपेन्द्र खनियाँ मृत फेला
प्रतिक्रिया