आर्थिक समृद्धिको आधार पर्यटन : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार पर्यटन भएकाले यसको विकास र प्रवर्द्धनका लागि समन्वयतात्मक ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
गणतन्त्र दिवस-०८२ को सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटन: हाम्रो शान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको आज यहाँ उद्घाटन गर्दै उनले पर्यटनका क्षेत्रबाट मुलुकमा समृद्धि हासिल हुनेगरी नीतिगत र संरचनागत सुधार गर्दै जानुपर्ने आवश्यकता औँल्याए ।
पर्यटन मन्त्री पाण्डेले नेपालको आर्थिक समृद्धिमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै पर्वतीय पर्यटनको एकीकृत विकासलाई समन्वयात्मक किसिमले विकास गर्न जरुरी भएको बताए। विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमालको ब्राण्डिङ र प्रचारका लागि नीतिगत रूपमा अघि बढ्नुपर्ने अपरिहार्यता रहेको उल्लेख गरे ।
मन्त्री पाण्डेले भने, “नेपाल भौगोलिक, प्राकृतिक र अनुपम सांस्कृतिक विविधतायुक्त मात्रै नभई यहाँका अद्वितीय साहसिक गन्तव्यका रूपमा रहेका हिमालहरूको ‘ब्राण्डिङ’ गरेर विश्वकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु अपरिहार्य छ । प्रदर्शित तस्बिरले पर्यटन विकासका साथै नेपालमा केही भइरहेको छ, भन्ने सन्देश प्रवाह गर्न पनि मद्दत पुग्ने विश्वास लिएको छु ।”
नेपालमा अनुपम र अद्वित्तीय पर्यटकीय ठाउँहरू छन् । प्राकृतिक र भौगोलिक विविधताले सम्पन्न हाम्रा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटकलाई आकर्षण गर्न सरोकार भएका निकाय र मन्त्रालयबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी रहेको उनले बताए ।
मन्त्री पाण्डेले एकीकृत पर्यटन विकासका लागि अन्तरसरोकार भएका निकाय र मन्त्रालयबीच प्रभावकारी समन्वय जरुरी रहेको औँल्याए । उनले पर्यटकीय गन्तव्यको प्रवर्द्धन र पूर्वाधार विकासमा मन्त्रालयले विशेष योजना बनाएर अघि बढ्ने विश्वास व्यक्त गरे। उनले भने, “राससले महत्त्वपूर्ण विषयमा फोटो प्रदर्शनी गरेको छ । प्रदर्शित फोटोले पनि राज्यले केही गर्नुपर्छ भनेर घचघच्याएको छ । मन्त्रालयले यसलाई ब्राण्डिङ गर्नुपर्ने आवश्यकता छ ।”
मन्त्री पाण्डेले राससले समाचार सेवासहित तस्बिर प्रदर्शनी गरेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै पछिल्लो पटकको फोटो प्रदर्शनीले सरोकार भएका मन्त्रालय र निकायलाई सचेत गराएको बताए ।
उनले भने, “राससले जिम्मेवारीपूर्वक नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । जिम्मेवारी र गुणस्तर अभिवृद्धिमा काम गरेको पछिल्ला क्रियाकलापले पुष्टि गरेको छ, आगामी दिनमा थप प्रभावकारी समन्वय र सहकार्य गरेर अगाडि बढ्नु पर्ने आवश्यकता छ । फोटो प्रदर्शनीको सफलताको कामना व्यक्त गर्दछु ।”
यसअघि पर्यटन मन्त्री पाण्डेले फोटो प्रदर्शनीको अवलोकन गरेका थिए । नेपालका आठ हजार मिटर अग्ला र त्यो भन्दा होचा, चर्चामा रहेका हिमाल, हिमाली क्षेत्रको जनजीवन, पर्वतीय शृङ्खलामा पुगेका विदेशी उच्चपदस्थ व्यक्ति, पर्वतीय शृङ्खला, पहाडी क्षेत्रमा रहेका पर्वतीय गन्तव्य, ताल, पोखरीलगायत विषयमा खिचिएका तस्बिरलाई प्रदर्शनीमा राखिएका छन् ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया