त्रिशूलीबाट काठमाडौं आउँदै गरेको ईभी भ्यान भिरबाट खस्यो
मेरोन्यूज
२०८२ जेठ ११ गते १७:४४

काठमाडौं । नुवाकोटको त्रिशूलीबाट काठमाडौ आउँदै गरेको एउटा ईभी भ्यान भिरबाट खस्दा नाै जना घाइते भएका छन् । प्रहरीका अनुसार बागमती प्रदेश ३ ०८५४ नम्बरको भ्यान शिवपुरी ७ गुरुङ गाउँमा दुर्घटनामा परेको हो । अस्थायी प्रहरी पोस्ट गुर्जेभन्ज्याङको प्रहरी टोलीले चालक ३६ वर्षीय रवि बस्नेतलाई नियन्त्रणमा लिएको छ ।
घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । घाइते हुनेमा लक्ष्मी खड्गी – ४६, मैना राई – ३८, सिर्जना लामा – २५, बिपना अर्याल – १८, नरसमान लामा– २८, विजय लामा – १८, सरस्वति राई – ३९, श्याम डँगौरा ३४ र महेन्द्र श्रेष्ठ – २५ वर्षका रहेका छन् ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रतिक्रिया