माओवादी केन्द्र र नेसपाबीच आज पार्टी एकीकरण हुँदै
मेरोन्यूज
२०८२ जेठ १२ गते ९:५६

काठमाडौं। नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच सोमबार पार्टी एकीकरण हुँदैछ ।
ललितपुरको ग्वार्को खरिबोटस्थित एक ब्याङ्क्वेटमा बिहान साढे ११ बजे एकता घोषणाको कार्यक्रम रहेको बताइएको छ । कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।नेपाल समाजवादी पार्टी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट विभाजित भएको थियो ।
तत्कालीन अध्यक्ष महिन्द्र राय यादव एकता प्रक्रियाबाट पछि हटेपछि श्रेष्ठले आइतबार आफ्नै नेतृत्वमा केन्द्रीय समिति बैठक राखेर पार्टी पुनर्गठन गरेका थिए ।
२९ केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको श्रेष्ठको दाबी छ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
प्रतिक्रिया