घट्यो सेयर बजार

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५.२१ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २६७४ मा कायम भएको छ ।
अघिल्लो दिन मात्रै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षाले सबै किसिमका सेयर कर्जाको जोखिमभार १२५ प्रतिशतबाट १०० मा झारेको छ । यो नीति बजार अनुकूल रहे पनि लगानीकर्ताको मनोबल भने बढ्न सकेन ।
मुख्यतः बजेट घोषणा हुने दिन नजिकिँदै गर्दा लगानीकर्ता पूँजीगत लाभकरप्रति सशंकित भएका छन् । बजेटमार्फत पूँजीगत लाभकर बढ्न सक्ने अनुमान छ । यसले गर्दा बजारले गति लिन सकिरहेको छैन ।
बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ६० करोडको कारोबार भएकोमा आज ७ अर्ब ५८ करोडको भयो । ९२ कम्पनीको मूल्य बढ्दा १५५ को घट्यो ।
बैंकिङ ०.१७ र उत्पादन तथा प्रशोधन समूह ०.७९ प्रतिशत बढे । यी दुई बाहेक सबै सेक्टर घटे । विकास बैंक ०.२७, फाइनान्स ०.१२, होटल तथा पर्यटन ०.९१, हाइड्रोपावर ०.०६, लगानी ०.१५, जीवन बीमा ०.२०, माइक्रोफाइनान्स १.५०, अन्य ०.४८ तथा निर्जीवन बीमा ०.३२ प्रतिशत घटे ।
ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । उपकार लघुवित्तको ६.१९, उन्नति सहकार्य लघुवित्तको ४.३१ प्रतिशत मूल्य बढ्यो । गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो ।
बाराही हाइड्रोपावरको ९.८५ तथा अभियान लघुवित्तको मूल्य ३.९२ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा राधि विद्युत्, ङादी ग्रुप, युनिभर्सल पावर, कुमारी बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
प्रतिक्रिया