बाबुरामको उम्मेदवारीले एनआरएनए मेरिल्याण्डमा उत्साह
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मेरिल्याण्ड च्याप्टरको आगामी कार्यकालका लागि बाबुराम भट्टराईले औपचारिक रूपमा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
“नेपालीका लागि, नेपालीबाट (For Nepali, From Nepali)” भन्ने मूल नारालाई आत्मसात गर्दै उनले पारदर्शी, समावेशी र नतिजामुखी नेतृत्वमार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।
अमेरिकामा करिब एक दशक यतादेखि बस्दै आएका बाबुराम हाल होटल तथा रेस्टुरेन्ट व्यवसायमा संलग्न छन्। भट्टराई हाल एनआरएनए मेरिल्याण्ड च्याप्टरको बोर्ड अफ डाइरेक्टर्स सदस्यको रूपमा क्रियाशील पनि छन्। साथै, उनी मिड-वेस्टर्न सोसाइटी मेरिल्याण्डका सल्लाहकारको रूपमा पनि सक्रिय भूमिका निर्वाह गरिरहेका छन्। सामाजिक, सांस्कृतिक तथा पेशागत विविध अनुभवले सम्पन्न भट्टराईले विगत केही वर्षदेखि नेपाली डायस्पोरा समुदायमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्। खेलकुद कार्यक्रमदेखि संगीत र सामाजिक सेवासम्म विभिन्न क्षेत्रमा उनी सक्रिय रहँदै आएका छन्।
अमेरिकी सेनामा सेवा गरिसकेका पूर्वसैनिक भट्टराईले सन् २०१३ मा नेपालमा आयोजित राष्ट्रिय डिबेट प्रतियोगितामा “टप ७ डिबेटर” मध्येको एक रहँदै दोस्रो स्थान प्राप्त गरेर आफ्नो बौद्धिक क्षमताको पनि उच्च प्रमाण प्रस्तुत गरेका थिए। सांगीतिक क्षेत्रमा समेत गहिरो रुचि राख्ने भट्टराईले आफ्ना प्रस्तुतीहरू आफ्नो युट्युव च्यानल Babu Creation(www.youtube.com/@BabuCreation-hl3wz) मार्फत साझा गर्दै आएका छन्।
बालकदेखि वृद्धसम्म सबैले सम्मान र माया गर्ने भट्टराईलाई समुदायका धेरै सदस्यहरूले “एनआरएनए मेरिल्याण्ड च्याप्टरको लागि सबैभन्दा उपयुक्त उम्मेदवार” को रूपमा चित्रण गरेका छन्। उनको विनम्र स्वभाव, सेवाभाव र समर्पणले उनलाई केवल उम्मेदवार मात्र नभई समुदायको लागि प्रेरणादायी व्यक्तित्वको रूपमा स्थापित गरेको छ। ३१ वर्षको उमेरमै अध्ययन, अनुभव र क्रियाशीलताका आधारमा उनी एक प्रखर र प्रभावशाली नेतृत्वका रूपमा उभिएका छन्। फलस्वरूप, उनको उम्मेदवारीले च्याप्टरमा नयाँ ऊर्जा र सम्भावनाको झल्को दिएको छ।
उम्मेदवारी घोषणा गर्दै भट्टराईले भने, “मेरो उद्देश्य सबै नेपालीलाई एकताबद्ध गर्दै समावेशी नेतृत्वद्वारा सशक्त र समृद्ध समुदाय निर्माण गर्नु हो। पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक कार्यशैली मेरो मार्गदर्शक सिद्धान्त हुनेछन्। तपाईंहरूको साथ र विश्वासकै आधारमा म अगाडि बढ्न चाहन्छु।”
उनले हाल विखण्डित अवस्थामा रहेको एनआरएनए संस्थाको संरचना, सदस्यता वितरण प्रणाली, संस्थाको वैधानिकता तथा सम्बन्धित सबै पक्षहरूलाई एक सूत्रमा आबद्ध गर्दै नेपालको संविधान तथा गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०६४ को भावना अनुरूप विश्वभर फैलिएको नेपाली डायस्पोरा समुदायको आपसी हित र कल्याणका लागि तथा मातृभूमि नेपालमा योगदान पुर्याउने दीर्घकालीन सोच प्रस्तुत गरेका छन्।

















स्कोडा कायलाक नेपालमा सार्वजनिक
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
PM Karki to present Film Bill at NA meeting today
Jeep driver dies, three receive injury in accident
22 days to go for voting: Voter education to run at 6,743 wards
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
प्रतिक्रिया