अर्थमन्त्रीले गरे राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ
मेरोन्यूज
२०८२ जेठ १३ गते ११:२३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बजेट बारे ब्रिफिङ गराएका छन् ।
शितल निवासस्थित राष्ट्रपति भवन पुगेर अर्थ मन्त्री पौडेलले आर्थिक वर्ष २०८२’ ८३ को वजेटका बारेमा ब्रिफिङ गरेका हुन् ।
सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहिबार बजेट ल्याउँदैछ ।
सोही बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया