सभामुखको भूमिकाका विषयमा प्रदेश प्रमुखले प्रश्न उठाउन मिल्दैन : कांग्रेस नेता खाण

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले प्रदेश प्रमुखले सभामुखको भूमिकाका विषयमा प्रश्न उठाउन नमिल्ने बताएका छन् । संविधानअनुरुप ‘सेरेमोनिएल पद’ मा नियुक्त भएका प्रदेश प्रमुखको जनप्रतिनिधिको संस्थाका प्रमुखमाथिको टिप्पणी स्वीकार्य नहुने उनले बताए ।
गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै खाणले यस्तो बताएका हुन् । ‘सभामुखको भूमिकाका विषयमा सांसदहरूले प्रश्न उठाउन सक्छन् । प्रदेश प्रमुखले प्रश्न उठाउने पद्धती संसदीय संघीयता भएका मुलुकमा हुँदैन,’ खाणले भने ।
नवनियुक्त प्रदेश प्रमुख पौडेलले आज पदभार ग्रहण गर्दै सभामुखको राजीनामा माग्ने घडी आइसकेको बताएकी थिइन् । राजनीतिक दल र सरकारसँग कुरा गरी सहमतिमा र त्यसो हुन नसके संविधानमा र त्यसअन्तर्गत बनेका कानूनअनुरुप सदन चलाउने दायित्व सभामुखको भएको खाणले बताए ।
















साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
प्रतिक्रिया