कोरोनाबारे भ्रामक समाचार सम्प्रेषण नगर्न सरकारकाे आग्रह

काठमाडाैं । सरकारले कोभिड–१९ बारे अफवाह फैलाउने गरी भ्रामक समाचार प्रकाशन/प्रसारण नगर्न आमसञ्चारमाध्यमलाई आग्रह गरेकाे छ । संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित छलफलमामा मन्त्री पार्वत गुरुङले पछिल्ल्लो समयमा मिडियामा जनतालाई आतङ्कित गर्ने गरी समाचार आउने गरेको उल्लेख गर्दै सत्यतथ्य मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गरे ।
सरकारका प्रवक्तासमेत रहेका उनले भने, “यो बेला भनेको सकारात्मक सोचका साथ काम गर्ने बेला हो तर कोभिडबारे नकारात्मक सन्देश बढी आयो, मानवीय हिसाबले सकारात्मक सन्देश दिनुहोस् ।”
उनले गोरखापत्र, राष्ट्रिय समाचार समिति, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई कोरोनाबारे सन्देशमूलक र सकारात्मक समाचार र कार्यक्रम सम्प्रेषण गर्नसमेत निर्देशन दिए ।
मन्त्रालयले कोरोनाबारे जनचेतनामूलक समाचार र कार्यक्रमबारे योजना बनाउन सम्बन्धित संघसंस्थाको सहभागितामा सचिवालय गठन गर्ने भएको छ । मन्त्री गुरुङले कोभिडबारे सकारात्मक भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाल र सूचना तथा प्रसारण विभागलाई निर्देशन पनि दिए ।
















चिनियाँ परराष्ट्रमन्त्रीद्वारा मन्त्री खनाललाई बधाई, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता
भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण
इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून
कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
प्रतिक्रिया