कोरोनाबारे भ्रामक समाचार सम्प्रेषण नगर्न सरकारकाे आग्रह

काठमाडाैं । सरकारले कोभिड–१९ बारे अफवाह फैलाउने गरी भ्रामक समाचार प्रकाशन/प्रसारण नगर्न आमसञ्चारमाध्यमलाई आग्रह गरेकाे छ । संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित छलफलमामा मन्त्री पार्वत गुरुङले पछिल्ल्लो समयमा मिडियामा जनतालाई आतङ्कित गर्ने गरी समाचार आउने गरेको उल्लेख गर्दै सत्यतथ्य मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गरे ।
सरकारका प्रवक्तासमेत रहेका उनले भने, “यो बेला भनेको सकारात्मक सोचका साथ काम गर्ने बेला हो तर कोभिडबारे नकारात्मक सन्देश बढी आयो, मानवीय हिसाबले सकारात्मक सन्देश दिनुहोस् ।”
उनले गोरखापत्र, राष्ट्रिय समाचार समिति, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई कोरोनाबारे सन्देशमूलक र सकारात्मक समाचार र कार्यक्रम सम्प्रेषण गर्नसमेत निर्देशन दिए ।
मन्त्रालयले कोरोनाबारे जनचेतनामूलक समाचार र कार्यक्रमबारे योजना बनाउन सम्बन्धित संघसंस्थाको सहभागितामा सचिवालय गठन गर्ने भएको छ । मन्त्री गुरुङले कोभिडबारे सकारात्मक भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाल र सूचना तथा प्रसारण विभागलाई निर्देशन पनि दिए ।
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया