इमामी लिमिटेडद्वारा नेपालमा ‘नवरत्न बिट मसाज २०२५’ अभियान सुरु

काठमाडौं । भारतको पर्सनल केयर तथा आयुर्वेदिक वेलनेस कम्पनी इमामी लिमिटेडले ‘नवरत्न बिट मसाज २०२५’ सुरु गरेको छ ।
११ जेठदेखि सुरु यो अभियान आगामी १७ साउनसम्म नेपालको तराई क्षेत्रमा केन्द्रित भएर सञ्चालन गरिने कम्पनीले जनाएको छ ।
यो नयाँ ७० दिने अभियानले पूर्वी तथा पश्चिम नेपालका २४ जिल्ला ओगट्ने छ । यस अभियान अन्तर्गत ३ सयभन्दा बढी ब्रान्डेड सैलुन र ६० वटा मोबाइल स्टलमार्फत निःशुल्क २ मिनेटको नवरत्न हेड मसाज प्रदान गरिने छ ।
यसबाट हजारौं उपभोक्ताले दैनिक रूपमा ९ आयुर्वेदिक जडीबुटीहरूको शक्तिशाली मिश्रणबाट बनेको नवरत्न तेलको शीतलता र तनाव कम गर्ने फाइदा अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अभियानमा खटिएका दुई टोलीले दैनिक १ सय किलोमिटरभन्दा बढी यात्रा गर्नेछन् ।
उनीहरूले अन्तर्क्रियात्मक स्टल, सवारीसाधनको ब्रान्डिङ, सार्वजनिक घोषणा र २ मिनेट च्यालेन्ज, कुल–कुल पर्फर्मेन्स जस्ता विभिन्न खेलमार्फत उपभोक्तालाई प्रत्यक्ष अनुभव प्रदान गर्नेछन् ।
यस अभियानले प्रत्यक्ष संलग्नता मार्फत ६० हजारभन्दा बढी उपभोक्तासम्म पुग्ने अपेक्षा गरिएको छ, जसमा १२ हजारभन्दा बढी वेट स्याम्पलिङ (मसाज) र ३० हजारभन्दा बढी ड्राई स्याम्पलिङ (स्यासे वितरण) समावेश छन् ।
नवरत्न तेलका ब्रान्ड म्यानेजर विकास तिवारीले अभियानबारे आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘नवरत्न बिट मसाज २०२५ मार्फत उपभोक्तालाई राहत र ताजगी केवल दुई मिनेट टाढा छ भन्ने कुरा स्मरण गराउन चाहन्छौं । यो अभियानले ब्रान्डलाई हाम्रा प्रयोगकर्तासँग नजिक ल्याउने छ, जसले उनीहरूले नवरत्न तेलले प्रदान गर्ने प्राकृतिक र प्रभावकारी शीतलतालाई साँच्चिकै महसुस गर्न सक्नेछन् । उपभोक्ताको प्रत्यक्ष अनुभवले नवरत्न तेललाई हरेक नेपाली घरपरिवारमा एक विश्वसनीय वेलनेस सहयात्रीका रूपमा अझ स्थापित गर्ने छ भन्ने विश्वास छ ।’
















क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
प्रतिक्रिया