प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै विपक्षी दलको अवरोध
मेरोन्यूज
२०८२ जेठ १४ गते १३:०७

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक २ घण्टा ढिलो गरी सुरु भएको हो ।
बैठकअघि सत्तापक्षका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेता छलफलमा बसेका थिए । बैठकले गृहमन्त्रीको राजीनामा सम्बन्धी विपक्षी दलको मागलाई अस्वीकार गर्दै बैठकमा गृहमन्त्रीबाट जवाफ दिने निर्णय गरेको छ ।
तर, आजको बैठकमा पनि विपक्षी दलले अवरोध गरेका छन् । सभामुख देवराज घिमिरेले आजको बैठकको कारबाही प्रारम्भ हुन्छ भन्ने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरिरहेका छन् ।
मंगलबार पनि विपषी दलका सांसदले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै अवरोध गरेका थिए ।
सम्बन्धित
















प्रतिनिधिसभा बैठक जारी
युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा
चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक
नेकपा कार्यसंयोजन समितिको बैठक जारी
नासा नेपालद्वारा चितवनमा ईभीसम्बन्धी एक दिने ओरिन्टेसन कार्यक्रम सञ्चालन
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया