पिएसजी पहिलो पटक च्याम्पियन्स लिग विजेता

काठमाडौं। पेरिस सेन्ट जर्मेन (पिएसजी) पहिलो पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।
इन्टर मिलानलाई ५–० को फराकिलो अन्तरले हराउँदै पिएसजी पहिलो पटक च्याम्पियन बनेको हो ।
फ्रेन्च लिग वान च्याम्पियन टोली पिएसजीलाई जित दिलाउन डिजेर डुवेले २, आक्राफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १–१ गोल गरेका थिए ।
हाकिमीले पहिलो हाफको १२ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए भने डुवेले २० औं मिनेटमा गोल गरेपछि पिएसजी दोब्बर गोलसहित अगाडी बढयो ।
उता, डुवेले दोस्रो हाफको ६३ औं मिनेटमा अर्को गोल थपिदिए भने त्यसको १० मिनेट पछि नै क्वारात्स्खेलिया काउन्टर अट्याकबाट गोल गर्दै टोलीको अग्रतालाई ४–० को फराकिलो बनाउन सफल भए ।
उता, खेल सकिनु केही समय अघि मैदानमा छिरेको ३ मिनेटमा नै मायुलुले ८६ औं मिनेटमा टोलीका लागि पाँचौं गोल गरेर पहिलो पटक पिएसजी च्याम्पियन बन्न सफल भएको हो ।
पिएसजीले यसपटक अन्तिम १६ मा लिभरपुललाई, क्वाटरफाइनलमा एस्टन भिल्लालाई र सेमिफाइनलमा आर्सनललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो। लियोनल मेस्सी, नेयमार र केलियन एमबाप्पे जस्ता स्टार खेलाडीले क्लब छाडे पछि पिएसजी च्याम्पियन्स लिग जित्न सफल भएको हो ।
यसअघिको सन् २०२० मा पिएसजीले च्याम्पियन लिग फाइनल खेलेको थियो। त्यति बेला टोली बायर्न म्युनिखसँग १–० ले पराजित भएर दोस्रो स्थानमा चित्त बुझाउन विवश भएको थियो ।









२२ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ
विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
माडी–ठोरी सडकखण्डमा निर्माण अलपत्र पुलको ठेक्का तोडियो
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
प्रतिक्रिया