एमाले संसदीय दलको बैठक बस्दै
मेरोन्यूज
२०८२ जेठ १९ गते ८:०८

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ ।
हालै सरकारले प्रस्तुत गरेको बजेटका बारेमा छलफल गर्न प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त संसदीय दलको बैठक बोलाएको हो । बैठक दिउँसो १ः०० बजे संघीय संसद भवन, नयाँ बानेश्वरको ल्होत्से हलमा बस्नेछ ।
उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते संसदमा बजेट प्रष्तुत गरेपछि एमालेले पहिलो पटक संसदीय दलको बैठक बोलाएको हो ।
संसदीय दलका प्रमुख सचेक महेश बर्तौलाका अनुसार साँसदहरुलाई बजेटका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री पौडेलले स्पष्ट पार्ने कार्यसुची रहेको छ ।
बजेट विनयोजनका विषयमा कतिपय साँसदहरुमा भएका अष्पष्टता आजको बैठकले चिर्ने बर्तौलाले जानकारी दिए । उनका अनुसार संसद र जनतामा बजेटप्रति एमालेको एउटै धारणा बनाउने उद्धेश्यले आजको बैठक डाकिएको हो ।
सम्बन्धित









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया