जसपामा ठाकुर समूहको नयाँ प्रस्ताव
विश्वासको मतमा सांसदलाई स्ववीवेकीय अधिकार प्रयोग गर्न छोडिदिउँ

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)को अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने÷नदिने विषयमा पार्टीका सांसदहरूलाई स्ववीवेकीय अधिकार प्रयोग गर्न दिने प्रस्ताव गरेको छ ।
पार्टीका संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहसँग प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिनेबारे पार्टी सांसदलाई स्ववीवेक प्रयोग गर्न दिने प्रस्ताव गरेको ह
प्रधानमन्त्रीले संसदको विशेष अधिवेशनमार्फत आगामी सोमबार २७ वैशाखमा सदनमा विश्वासको मत लिन खोजेका छन् ।
जसपामा प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिने भन्नेमा दुई धार छ । अध्यक्ष ठाकुर समूह विश्वासको मत दिनु पर्छ भन्ने पक्षमा छ भने अर्का अध्यक्ष यादव समूह दिन नहुने पक्षमा छ । यस्तो अवस्थाबाट पार्टीमा देखिएको संकट पार लगाउन ठाकुर पक्षले सांसदलाई स्ववीवेक प्रयोग गर्न दिने प्रस्ताव ल्याएको हो ।
अध्यक्ष ठाकुरका विश्वासपात्र मानिने नेता शर्वेन्द्रनाथ शुक्लले आफूहरूले सांसदहरूलाई स्ववीवेक प्रयोग गर्न दिने प्रस्ताव अघि सारेको बताए । ‘प्रधानमन्त्री ओलीले विश्वासको मत पाएमा वा नपाएमा पार्टीका लागि फलिफाप हुने केही छैन । त्यसैले के गर्ने भनेर बहस र छलफल गर्नु भन्दा सांसदलाई स्ववीवेकीय अधिकार प्रयोग गर्न दिउँ भन्ने प्रस्ताव पार्टीमा हामीले गरेका छौं,’ शुक्लले भने ।
शुक्ल प्रधानमन्त्री ओली र सत्तारुढ एमालेसँग पार्टीका मुद्दाबारे छफल गर्न भन्दै अध्यक्ष ठाकुरले एक्लौटी बनाएको वार्ता समितिका सदस्यसमेत हुन् । शुक्लले ओलीले आफूहरूसँग अहिलेसम्म विश्वासको मत नमागेको पनि बताए ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म हामीसँग विश्वासको मत माग्नु भएको छैन । समय छ माग्नुहुन्छ कि ! आफ्नै हुन्, जुनबेला मागेपनि हुन्छ भन्ने छ कि मनमा,’ शुक्लले भने ।
अन्य विषयमा बहस र छलफल गर्न तयार भए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य गर्न नसकिने निष्कर्ष जसपाको ठाकुर समूहको छ । प्रचण्डले पहिला ३० दलीय मोर्चा हुँदा धोका दिएको र त्यो धोका बिर्सेर फेरि कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सहयोग गरेपनि धोका दिएकाले अब फेरि सहयाग नहुने मत ठाकुर समूहमा बलियो छ । नेता शुक्लले आफूहरूले प्रचण्डसँग दुई पटक धोका खाइसकेकाले तेस्रो पटक धोका खाने पक्षमा नरहेको बताए ।
वर्तमान प्रधानमन्त्री ओलीले भने आफूहरूले राखेका माग सम्बोधन गर्न सुरु गरेकाले आशा पलाएको शुक्लले बताए । ‘प्रधानमन्त्रीले हाम्रा काम गरिदिन सुरु गर्नुभएको छ । त्यसलाई टुंग्याउ भन्ने सोच हाम्रो हो । हाम्रो प्रधानता आफ्नो मुद्दा सम्बोधन गराउने हो, अहिलेसम्म सरकारले गरेको निर्णयलाई जनताले स्वागत गरिरहेका छन्,’ शुक्लले भने ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया