नेपाल बुद्धिजीवी परिषदको अध्यक्षमा थपलिया निर्वाचित

काठमाडौं । नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा इञ्जिनियर गजेन्द्र प्रसाद थपलिया निर्वाचित भएका छन्।
हालै सम्पन्न ११औं राष्ट्रिय अधिवेशनले थपलियाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।
परिषद्को ९६ पदमा सर्वसम्मत चयन भए पनि अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन प्रक्रिया अपनाइएको थियो। अध्यक्ष पदमा थपलियाले १४४ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी डा. दिपेन्द्र भण्डारीले १०४ मतमा सिमित भए ।
उपाध्यक्षमा गोविन्द्र शाही १५३ मतसहित विजयी हुदाँ बिपिन कुमार चित्रकारले १०२ मतमा चित्त बुझाए भने सचिव पदमा भने डा. अर्जुन कुमार सिंहले ९६ मत ल्याउँदा प्रा.डा. इश्वरी कडरियाले १६१ मत प्राप्त गरेर निर्वाचित भए ।
महिला उपाध्यक्ष राधा अधिकारी, महासचिव डा. दिपेन्द्र श्रेष्ठ, उपमहासचिव सुशील विक, विदेशी मामिला सचिव डा. लाक्पा शेर्पा, प्रचार सचिव डा. टीका ढकाल तथा आर्थिक सचिव कृष्णकुमार लम्साल सर्वसम्मत चयन भएका पदाधिकारी हुन्।
थपलियाले निर्वाचन पछिको मन्तव्यमा आफू बुद्धिजीवी वर्गको विवेकपूर्ण निर्णयबाट नेतृत्वमा पुगेको बताएका छन्। परिषद् आफ्नो परिवारभन्दा पनि प्रिय भएको उल्लेख गर्दै उनले सबैको साथ र विश्वासप्रति आभार व्यक्त गरे।
निवर्तमान अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले परिषद्ले पछिल्ला वर्षहरूमा विचार, बहस र नीतिगत हस्तक्षेपमार्फत मुलुकको राजनीतिक तथा सामाजिक क्षेत्रलाई प्रभाव पार्ने प्रयास गरेको बताए। अब नेतृत्व परिवर्तनसँगै त्यो भूमिका अझै सशक्त र संस्थागत बन्नुपर्नेमा उनले जोड दिए।
परिषद्को उद्घाटन कार्यक्रम एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।

















दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
करिब ६० प्रतिशत मत खस्यो : निर्वाचन आयोग
मतगणना १६५ निर्वाचन क्षेत्रमै हुने
प्रधानमन्त्री कार्कीको तस्बिर राख्दै बालेनले लेखे – हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
प्रतिक्रिया