शुक्रबार, जेठ २३, २०८२

लुम्बिनी मन्त्रिपरिषद् बैठकः निजामती सेवा नियमावली परामर्शका लागि लोक सेवामा पठाइने

मेरोन्यूज २०८२ जेठ १९ गते १९:२३

दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक सोमवार सम्पन्न भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२ प्रदेश लोक सेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरिएको थियो। सोही प्रस्तावको आधारमा बैठकले उक्त नियमावली प्रदेश लोक सेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरिएको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिएका छन्।

प्रतिक्रिया