नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ चरा अभिलेख

काठमाडौं। नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ प्रजातिको चरा अभिलेख गएिको छ। चरासम्बन्धी सर्वेक्षणका क्रममा शनिबार रुपन्देहीस्थित गोलपार्क नजिकको लुम्बिनी केबलकार स्टेशन क्षेत्रमा उक्त चरा अभिलेख भएको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ।
सङ्घका परियोजना अधिकृत देउबहादुर रानाका अनुसार यो चरा भारतको पश्चिमी घाट तथा दक्षिण भारतमा मात्र पाइन्छ। बुटवल–दाङ विद्युत् प्रसारण लाइनको सर्वेक्षणका क्रममा संघका परियोजना अधिकृत देउबहादुर राना र अमृत नेपालीले चराहरूको अवलोकन गरेका थिए।
सोही क्रममा एक अनौठो नीलो रङको चरा देखिएपछि सुरुमा यो चरा नेपालमा सामान्य पाइने ‘ब्लु हिस्टिलिङ थ्रस’ हो भन्ने अनुमान गरिएको थियो। पछि तस्बिर हरेर विस्तृत अध्ययन र विवरण तुलना गर्दा फरक विशेषताहरू यकिन भएपछि ‘मलबर हिस्टिलिङ’ चराको पहिचान पुष्टि भएको संघले जनाएको छ।
यससँगै उक्त प्रजातिको चरा नेपालमा पहिलो पटक आधिकारिक अभिलेख भएको छ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया