महिला, अपाङ्गता भएका र विदेशबाट फर्किएकालाई बङ्गुरका पाठा

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिला, अपाङ्गता भएका र वैदेशिक रोजगारीबाट फर्किएकालाई बङ्गुरको पाठापाठी उपलब्ध गराएको छ । उनीहरुको आम्दानीको स्रोत वृद्धि गराउँदै नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातका बङ्गुरको पाठापाठी उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले पारित गरेको ‘बङ्गुर प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत यस वर्ष ११५ वटा उन्नत जातका बङ्गुरको पाठापाठी वितरण गरिएको नगरप्रवक्ता कमल गिरीले जानकारी दिए । “नगरवासीलाई बङ्गुरपालन व्यवसाय गराउन १६ घरपरिवारलाई खोर निर्माण गर्न ६० प्रतिशत अनुदान उपलब्ध गराएका छौँ । दुई लाख बराबरको खोर बनाएका घरपरिवारलाई नगरपालिकाका तर्फबाट एक लाख २० हजार अनुदान दिइएको छ”, उनले भने, “अनुदानमा खोर बनाएका घरपरिवारलाई दुईवटाको दरले बङ्गुरको पाठापाठी उपलब्ध गराएका छौँ । पशु प्राविधिक मार्फत परामर्श तथा औषधि उपचारसमेत उपलब्ध गराउने गरिएको छ ।”
नगरपालिकाबाट गठित छनोट समितिको सिफारिसमा ६८ घरपरिवारलाई एक÷एकवटा बङ्गुरको पाठा उपलब्ध गराइएको नगरप्रवक्ता गिरीले जानकारी दिए । करुणा फाउनडेसनको सहयोगमा १५ वटा उन्नत जातका बङ्गुरको पाठापाठी अपाङ्गता भएका घरपरिवारलाई उपलब्ध गराइएको हो ।
नगरसभाबाट १२ लाख ५० हजार बजेट विनियोजन गरी बङ्गुर प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न आवेदन आह्वान गरेको थियो । नगरपालिकाले कृषि, पशु तथा उद्यम गर्न चाहनेलाई अनुदान उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले यसअघि उन्नत जातका १०० वटा भैँसी वितरण गरिसकेको छ ।
सुक्खाग्रस्त क्षेत्रमा पर्ने यस नगरपालिकाले नगरबासीलाई दूध, मासु र तरकारीमा आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०८०÷८१ को नगरसभाबाट नीति तथा कार्यक्रम पारित गरेको थियो ।
विशेषगरी वैदेशिक रोजगारीमा जाने युवालाई आफ्नै ठाउँमा रोजगार बनाउन व्यावसायिक कृषि तथा पशुपालनमा अनुदान दिने व्यवस्था गरेको नगरप्रमुख विमला राईले बताए । उनले भने, “हाम्रो नगरपालिकालाई दूध, मासु र तरकारीमा आत्मनिर्भर बनाउने योजना छ ।”

















चुनावमा कसैको बहुमत आउँदैन, नयाँ र पुराना भन्ने भाष्य नै गलत छ : प्रचण्ड
अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह
कांग्रेस उपसभापति शर्माद्वारा मतदान
गगन उम्मेदवार रहेकाे सर्लाही-४ मा मतदान सुरु भए लगत्तै हुलदङ्गा
विप्लवले गरे मतदान
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया