जिकर एक्सको मूल्य घट्यो

काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा अग्रणी भूमिका निभाउँदै आएको पायोनियर मोटोकर्पले लक्जरी इलेक्ट्रिक एसयूभी ‘जिकर एक्स’ नेपाली बजारमा ल्याएको छ । कम्पनीले यस गाडीलाई ७४ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराएको छ ।
जुन अघिल्लो मूल्य ८४ लाख ९९ हजारभन्दा ठीक १० लाख रुपैयाँ सस्तो हो । ‘अनचेन्ड ड्युटी, अनबिटेबल प्राइस’ भन्ने नारासहित सार्वजनिक गरिएको यस योजनाअनुसार ग्राहकहरूले केवल २० प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
साथै, यस योजनामा ग्राहकहरूलाई एक्सचेन्ज बोनस, अटो प्लस बिमा, एक आर्थिक वर्षको सडक कर छुट, र निःशुल्क सात किलोवाटको वाल चार्जरजस्ता विशेष सुविधाहरू पनि प्रदान गरिने जनाएको छ ।
जिकर एक्स २०० किलोवाटको शक्तिशाली मोटरबाट रहेको छ । जसले उच्च प्रदर्शन र सहज, उत्तरदायी (रेस्पोन्सिभ) ड्राइभिङ अनुभव प्रदान गर्दछ । यसको डब्लूएलटीपी रेन्ज ४४० किलोमिटर रहेको छ । गाडी जिकर ००१ र जिकर सेभेन–एक्स जस्ता मोडेलहरूमा जस्तै उन्नत ‘एसइए’ प्लेटफर्ममा आधारित छ । यसको संरचना ७३ प्रतिशत हाइ–स्ट्रेन्थ स्टिल प्रयोग गरेर निर्माण गरिएको छ, जसले गाडीलाई मजबुत बनाउनुका साथै सुरक्षामा कुनै सम्झौता नगरी तौल कम गर्न सहयोग गर्छ ।
सुरक्षाको दृष्टिकोणले पनि जिकर एक्सले आफूलाई अब्बल रहेको कम्पनीको दाबी छ । २०२४ युरोपियन एनक्याप परीक्षणमा दुई विधामा जित हासिल गर्दै प्रतिष्ठित ५–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको थियो । त्यस्तै, पर्यावरणीय मापदण्डअनुसार गरिएको मूल्यांकनमा ग्रिन एनक्यापबाट पनि यसले ५–स्टार रेटिङ प्राप्त गर्दै वातावरणमैत्री सवारीको रूपमा समेत आफ्नो उपस्थिति सशक्त बनाएको कम्पनीले जनाएको छ ।
पायोनियर मोटोकर्पले विद्युतीय गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई नजिकको सोरूममा गई जिकर एक्सको स्टाइलिस डिजाइन र प्रविधिको अनुभव लिन तथा यो नयाँ मूल्य योजना तथा सुविधाको लाभ लिन अनुरोध गरेको छ ।
















इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया