शनिबार, जेठ २४, २०८२

यस्ता छन् मन्त्रिपरिषद बैठकका १४ निर्णय

मेरोन्यूज २०८२ जेठ २१ गते १५:२८

काठमाडौं। जेठ १५ र १९ गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक भएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद्का १४ निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले विभिन्न चार विधेयक तर्जुमाका लागि सिद्धान्तसमेत स्वीकृत गरेको छ ।

जेठ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले सडक सुरक्षा, हुलाक सेवा, गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समितिसम्बन्धी विधेयकको सिद्धान्त स्वीकृत गरेको हो । 

मन्त्रिपरिषद्ले ४ विधेयक तर्जुमाका लागि स्वीकृत गर्नुका साथै मन्त्री, सचिव र मेयरको विदेश भ्रमण पनि स्वीकृत गरिएको मन्त्री गुरुङले जानकारी दिएका छन् ।

Advertisement
machhapuchare


 

प्रतिक्रिया