राजावादीको बैठकमा होहल्ला, नवराज सुवेदीले गरे बैठक स्थगित
मेरोन्यूज
२०८२ जेठ २१ गते १६:२२

काठमाडाैं । नवराज सुवेदी नेतृत्वमा रहेको ‘संयुक्त जनआन्दोलन समिति’ को बैठक हो-हल्लापछि कुनै निर्णयमा नपुगेर स्थगित भएको छ।
आन्दोलनको समीक्षा गर्न भनेर धुम्बाराहीमा बुधबार बसेको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नआएपछि होहल्ला भएको थियाे । उनी बैठकमा सहभागी नभएकोमा सहभागीहरु असन्तुष्ट थिए ।
कमल थापा बोल्न खोज्दा होहल्ला भएपछि जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले माइक हातमा लिएर बैठक स्थगित भएको घोषणा गरे । उनले आन्दोलनका कार्यक्रम पछि सार्वजनिक गरिने बताए ।
एक हप्ता लामो पहिलो चरणको आन्दोलन सकिएपछि नयाँ कार्यक्रम तय गर्न भन्दै आज सुवेदीले बैठक बोलाएका थिए ।
सम्बन्धित
प्रतिक्रिया