स्पेनको वृद्धाश्रममा आगलागी : एक जनाको मृत्यु, १९ घाइते
मेरोन्यूज
२०८२ जेठ २४ गते १४:५९

स्पेनको उत्तरपूर्वी सहर जारागोजास्थित एक वृद्धाश्रममा शुक्रबार राति आगलागी हुँदा ९३ वर्षीय वृद्धको ज्यान गएको छ भने कम्तीमा १९ जना धुवाँको असरबाट घाइते भएका छन् ।
स्थानीय आपतकालीन सेवाहरूका अनुसार आगो राति करिब ११ बजे वृद्धाश्रमको भुइँतल्लामा रहेको एक कोठाबाट सुरु भएको थियो । वृद्धको घटनास्थलमै मृत्यु भएको हो भने अन्य घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ ।
वृद्धाश्रममा १३२ जना बसोबास गरिरहेका थिए । उद्धार कार्यमा आपतकालीन सेवाका कर्मचारीसँगै स्थानीय बासिन्दाहरूले पनि सक्रिय भूमिका खेलेका थिए । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार केही बासिन्दालाई झ्याल फोरेर बाहिर निकालिएको थियो ।
प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ। प्रारम्भिक अनुमानअनुसार अक्सिजन ट्याङ्की विस्फोटपछि आगो लाग्न सक्ने सम्भावना रहेको बताइएको छ ।
सम्बन्धित










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया