बुधबार, वैशाख २३, २०८३

सेयर बजारमा दोहोरो अंकको गिरावट

मेरोन्यूज २०८२ जेठ २१ गते १६:४१

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ९७ अंकले घटेर दुई हजार ६४६ दशमलव ९५ को विन्दुमा कायम भएको हो ।

Advertisement
NiccNicc

आज तीन सय १३ कम्पनीको एक करोड ३७ लाख ८२ हजार चार सय ६८ कित्ता शेयर ५९ हजार एक सय ३० पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १६ करोड ३३ लाख ३४ हजार पाँच सय २२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा म्युचुअल फन्ड र व्यापार समूह मात्रै बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र प्युअर इनर्जी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य पाँच दशमलव ८१ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै अरुण काबेली पावर लिमिटेडको रु ३६ करोड २५ लाख ५९ हजार बराबरको १३ लाख ४५ हजार चार सय २६ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया