एचजेबीएल : हाउण्ड्सलाई हराउँदै गोल्डेनगेट फाइनलमा

काठमाडौं । हाउण्ड्स एकेडेमीलाई हराउँदै गोल्डेनगेट बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको शीर्ष दुई टिमबीचको भिडन्तमा गोल्डेनगेटले हाउण्ड्सलाई ८१(७० ले हराएर एक खेल अघि नै फाइनलमा स्थान सुरक्षित गर्यो । ९ खेलबाट १७ अंक जोडेको गोल्डेनगेट शीर्ष स्थानमा छ ।
पहिलो खेलमा टाइम्ससँग पराजित भएपनि गोल्डेनगेटले त्यसयता लगातार ८ खेल जितेको छ । लिगमा गोल्डेनेगटले हाउण्ड्स विरुद्धको दुवै खेल जित्न सफल भयो । यसअघि गोल्डेनेटले हाउण्ड्सलाई ८०(७५ ले पराजित गरेको थियो ।
दोस्रो हार व्यहोरेको हाउण्ड्स ९ खेलबाट १६ अंकसहित दोस्रो स्थानमा छ । अब हाउण्ड्सले लिगको अन्तिम खेलमा तेस्रो स्थानको टाइम्स बास्केटबल क्लबलसँग खेल्नेछ । फाइनल पुग्न हाउण्ड्सले उक्त खेल जित्नैपर्नेछ । यही टाइम्स विजयी भएमा दुवैको समान १७ अंक पुग्नेछ र यस्तोमा अंक स्कोरको आधारमा फाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।
कीर्तिपुर कभर्डहलमा भएको खेलको पहिलो क्वाटरमा हाउण्ड्सले १८(१७ को अग्रता लिएको थियो । तर त्यसपछि गोल्डेनगेटले खेलमा पुनरागमा गर्दै अग्रता लिएको थियो । गोल्डेनगेटले दोस्रो क्वाटर २७(१५ ले आफ्नो पक्षमा पारेपछि हाफ टाइमसम्म ४४(३३ को अग्रता बनायो ।
यस्तै तेस्रो क्वाटरमा हाउण्ड्स खेलमा फर्कियो र १८(१४ ले आफ्नो पक्षमा पार्यो । तर चौथो क्वाटरअघि गोल्डेनगेटले नै ५८(५१ को अग्रता कायम राखेको थियो ।
चौथो तथा अन्तिम क्वाटरमा गोल्डेनगेटले २३(१९ को अग्रता बनाएपछि खेल जित्यो । गोल्डेनगेटका लागि अभिषेक सिंहले २२ अंक स्कोर गरे । यस्तै हाउण्ड्सका सौरभ श्रेष्ठले १८ अंक जोडे । गोल्डेनगेटका सुदिप पौडेल मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।
















एनआरएनएमा पैसा, शक्ति र राजनीति हावी हुनुहुँदैन – डा हेमराज शर्मा
ईदले नेपालीबिचको आपसी एकता र विश्वासलाई सुदृढ बनाओस्: नेपाली कांग्रेस
कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
बैतडीमा ट्रक दुर्घटनाः चालकसहित चारजना घाइते
अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया