स्वास्थ्य बीमा बोर्डको सुविधा थैली बनाउन कार्यदल गठन
मेरोन्यूज
२०८२ जेठ २२ गते १९:१३

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको सुविधा थैली बनाउन प्रा. डा. प्रदीप वैद्यको संयोजकत्वमा उच्च स्तरीय कार्यदल गठन भएको छ ।
१४ जेठमा वैद्यको संयोजकत्वमा दश सदस्यीय कार्यदल गठन भएको हो । बोर्डका अनुसार समितिका सदस्यमा डा. शर्मा पौडेल, डा. डम्बर खड्का, डा. सन्ध्या चापागाईँ, डा. सन्तोष पौडेल र नर्सिङ निर्देशक रोशनी तुइँतुइँ छन् ।
यसैगरी डा. कालुसिंह खत्री, डा. देवेन्द्रप्रसाद ज्ञवाली, रञ्जना पोखरेल पनि सदस्य छन् । समितिको सदस्य सचिवमा भने डा. कृष्णहरि खनाल तोकिएका छन् । समितिलाई प्रतिवेदन बुझाउन ३० दिनको समयावधि दिइएको छ ।
स्वास्थ्य बीमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाको परिमार्जित विवरण तथा दर रेट १ भदौ २०८१ देखि लागू गरेको थियो ।
सम्बन्धित
















बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया