युके र पोल्याण्ड पठाइदिने बहानामा ४२ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं । विदेश पठाइदिने बहानामा लाखौं रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका-३ की ४० वर्षीया प्रमिला बरूवाल र पाल्पा माथागडी गाउँपालिका-४ का ३४ वर्षीय मोहन पोखरल छन्।
दक्षिणकाली नगरपालिका-१ बस्दै आएकी बरूवालाई नागार्जुन नगरपालिका-३ हलचोक र काठमाडौं-२६ बस्दै आएका पोखरेललाई सोही स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
रकम ठगी गरेर फरार भएका उनीहरूलाई खोजी सिलसिलामा बुधबार पक्राउ गर्न सकिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।
बरूवालले युके पठाइदिने बहानामा ७ जनाबाट ३२ लाख ३५ हजार रुपैयाँ र पोखरेलले पोल्याण्ड पठाइदिन्छु भन्दै एक जनाबाट १० लाख रुपैयाँ ठगी गरेको आचार्यले बताए।
वैदेशिक रोजगारीको लागि भन्दै रकम संकलन गरेर फरार भएका उनीहरूविरूद्ध पीडितले प्रहरीमा उजुरी दिएका थिए। दुबै जनालाई बिहीबार वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया