बुधबार, फागुन १३, २०८२

युके र पोल्याण्ड पठाइदिने बहानामा ४२ लाख ठगी, दुई जना पक्राउ

मेरोन्यूज २०८२ जेठ २२ गते २०:४०

काठमाडौं । विदेश पठाइदिने बहानामा लाखौं रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका-३ की ४० वर्षीया प्रमिला बरूवाल र पाल्पा माथागडी गाउँपालिका-४ का ३४ वर्षीय मोहन पोखरल छन्।

दक्षिणकाली नगरपालिका-१ बस्दै आएकी बरूवालाई नागार्जुन नगरपालिका-३ हलचोक र काठमाडौं-२६ बस्दै आएका पोखरेललाई सोही स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

रकम ठगी गरेर फरार भएका उनीहरूलाई खोजी सिलसिलामा बुधबार पक्राउ गर्न सकिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

बरूवालले युके पठाइदिने बहानामा ७ जनाबाट ३२ लाख ३५ हजार रुपैयाँ र पोखरेलले पोल्याण्ड पठाइदिन्छु भन्दै एक जनाबाट १० लाख रुपैयाँ ठगी गरेको आचार्यले बताए।

वैदेशिक रोजगारीको लागि भन्दै रकम संकलन गरेर फरार भएका उनीहरूविरूद्ध पीडितले प्रहरीमा उजुरी दिएका थिए। दुबै जनालाई बिहीबार वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

प्रतिक्रिया