तुलसी सहकारीका अध्यक्षसहित तीन जनालाई तोकियो जरिवाना र कैद सजाय

काठमाडौँ । विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाको करोडौँ रुपैयाँ अपचलन गरेको ठहर गर्दै मोरङ जिल्ला अदालतले अध्यक्षसहित तीन जनालाई कैद, जरिवाना र बिगो तिर्ने सजाय सुनाएको छ ।
जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले बिहीबार सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद, ६९ करोड ५९ लाख २१ हजार २६८ रुपैयाँ बिगो र सो बराबरकै जरिवाना तोकेको छ । साथै, पीडित राहत कोषमा २ करोड ७० लाख ३६ हजार ८५० रुपैयाँ बुझाउन पनि अदालतले आदेश दिएको जिल्ला अदालतले जनाएको छ ।
त्यसैगरी, सहकारीका क्षेत्रीय प्रबन्धक मन्दीप खवासलाई २ वर्ष २ महिना कैद, २७ लाख रुपैयाँ बिगो र त्यति नै जरिवाना तोकिएको छ । उनलाई राहत कोषमा १ लाख ८ हजार रुपैयाँ जम्मा गर्न आदेश दिइएको छ ।
सहकारीकी सचिव सविना न्यौपानेलाई भने २ वर्ष कैद र पीडित राहत कोषमा ६ सय रुपैयाँ बुझाउन आदेश दिइएको छ ।
सहकारीको नाममा सदस्यहरूबाट संकलन गरिएको ठूलो रकम हिनामिना भएको भन्दै पीडितहरूले पटक–पटक न्याय माग्दै आएका थिए । अदालतको पछिल्लो फैसलाले लामो समयदेखि न्यायको पर्खाइमा रहेका पीडितहरूले राहत पाएका छन् ।







HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया