छिट्टै नयाँ मोडेलहरू सार्वजनिक गर्दै सेरेस

काठमाडाैं । नेपालमा आफ्नो बजार उपस्थिति र ग्राहक विश्वासलाई पुनः पुष्टि गर्दै ‘सेरेस’ ब्रान्डले छिट्टै तीनवटा नयाँ मोडेल सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
इलेक्ट्रिक सवारीको क्षेत्रमा सक्रिय रहेको सेरेस ब्रान्डका बारेमा फैलिएका भ्रम र हल्लाप्रति स्पष्ट प्रतिक्रिया दिँदै ब्रान्डका अधिकृत वितरक एमएडब्ल्यू अटोमोबाइलले नेपालमा कारोबार नियमितरूपमा सञ्चालन भइरहेको जानकारी दिएका छन्।
एमएडब्ल्यू अटोमोबाइलका अनुसार सेरेस सवारीसाधनप्रति नेपाली ग्राहकको चासो बढ्दो क्रममा रहेको छ। हालसम्म देशभर ५०० भन्दा बढी सेरेस गाडी वितरण भइसकेका छन्, जसले उपभोक्ताको भरोसा झल्काउँछ। कम्पनीले ग्राहकलाई बिक्रीपछि सेवा, चार्जिङ सुविधा र प्राविधिक सल्लाहसमेत सहज रूपमा उपलब्ध गराउँदै आएको छ। देशभर फैलिएको सेवा केन्द्रहरूको सञ्जालले सेरेस गाडीधनीलाई समयमै मर्मत तथा सर्भिस पाउन सहयोग पुगेको छ।
नेपालभर १२२ वटा चार्जिङ स्टेसनहरूको पहुँचबाट सेरेस गाडी सशक्त रूपमा सञ्चालित छन्। कम्पनीले इलेक्ट्रिक सवारीलाई दिगो भविष्यतर्फको साधनका रूपमा अघि सार्दै, ग्राहक सन्तुष्टिमा केन्द्रित सेवा प्रवाह गरिरहेको दाबी गरेको छ।
सेरेसले ग्राहकसँगको सम्बन्धलाई केवल खरिदमा सीमित नराखी, सर्भिस, अफर, सहुलियत सुविधा र निरन्तर सहयोगमार्फत ‘सेरेस एक्सपिरियन्स’ दिने योजनासमेत अघि सारेको छ। नयाँ मोडेलमार्फत कम्पनीले नेपाली बजारमा थप प्रतिस्पर्धा सिर्जना गर्ने लक्ष्य राखेको छ। यसले नेपालको इलेक्ट्रिक सवारी साधनतर्फको यात्रालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया