पछिल्लो २४ घण्टामा थपिए ९ हजार ७० जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो चौविस घण्टामा देशभर थप ९ हजार ७० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा पछिल्लो २४ घण्टामा शभर थप ९ हजार ७० जना कोरोना संक्रमित थपिएका छन् । जुन संख्या नेपालमा कोरोना संक्रमण सुरुभए यताकै सबैभन्दा बढी हो ।
सोही अवधीमा थप ५४ जना संक्रमितको मृत्यु भएको छ । हिजो सबैभन्दा बढी ५८ जनाको निधन भएको थियो । त्यसैगरी थप २ हजार ७०७ जना भने निको भई घर फिर्किएका छन् । अहिले निको हुने दर ७९.४ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार २० हजार ३ सय ६७ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ८ हजार ९ सय ७० जना र ७७५ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय जना गरी थप ९ हजार ७० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५२९ पुगेको छ ।















Home Minister visits Gen Z movement injured at hospital
मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी
Bullion price: Gold unchanged, silver climbs
सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया