श्रम मन्त्री भण्डारी जेनेभा प्रस्थान

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जेनेभा प्रस्थान गरेका छन् ।
शुक्रवार साँझ नेपाली टोलीको नेतृत्व गर्दै मन्त्री भण्डारी अन्तराष्ट्रिय श्रम संगठनद्धारा आयोजित ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन त्यस तर्फ प्रस्थान गरेका हुन । जेठको १९ गतेदेखि ३० गते सम्म जेनेभामा ११३ औं अन्तराष्ट्रिय श्रम सम्मेलन सन्चालन भई रहेको छ ।
यसअघिका जारी सेसनहरुमा मन्त्रालयका तर्फबाट सचिव डा. कृष्णहरि पुष्करले सहभागिता जनाई रहेका छन ।
यस अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा मन्त्री भण्डारीले प्लेनरी सत्रमा सम्बोधनका क्रममा अनौपचारिक श्रमलाई औपचारिकीकरण, सामाजिक न्याय प्रवद्र्धन, मर्यादित रोजगारी, नेपालको दस बर्षे आन्तरिक रोजगारीको योजना साथै मुलुकको दीर्घकालीन लक्ष्य र प्राथमिकताका बिषयहरुलाई प्रस्तुत गर्ने छन् ।
सचिवालयले जनाइए अनुसार मन्त्री भण्डारीले जेठको २६ गते प्लेनरी सेसनलाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सोही दिन अन्तराष्ट्रिय श्रम संगठनका महानिर्देशक गिल्बल्र्ट एफ. हाउङवो र मन्त्री भण्डारीबीच द्धिपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, साउदी अरेबियाको अन्तर्राष्ट्रिय मामिला उपमन्त्री डा. तारिक अल हमदसँग नेपाल र साउदी अरबको श्रमसम्बन्धी बिषयमा द्धिपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ ।
मन्त्री भण्डारीले साइडलाइन छलफलको क्रममा अन्तराष्ट्रिय श्रम संगठनका सहायक महानिर्देशक सुश्री मिया सेप्पोसँग पनि सामाजिक सुरक्षाको बिषयमा छलफल गर्ने समय तय भएको बताइएको छ ।
त्यसैगरी, स्विस श्रम निर्देशनालयका प्रमुख, आर्थिक मामिलाका लागि राज्य सचिवालय (सेको) जेरोम कोसान्डेसँग मन्त्री भण्डारीले द्धिपक्षीय छलफल गर्ने कार्यक्रम तय भएको छ ।
मन्त्री भण्डारीले जेठको २७ गते मलेसियाका मानव संसाधन मन्त्रीसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ भने, अन्तर्राष्ट्रिय आप्रवासन संगठनका महानिर्देशक सुश्री एमी पोपसँग पनि आप्रवासनको विषयमा द्धिपक्षीय छलफल हुने निजी सचिवालयले बताएका छन् ।
त्यस्तै, मन्त्री भण्डारीले जेठ २८ गते जर्मनको बर्लिनमा हुने बालश्रम विरुद्धको विश्व दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
उनले जेठ २९ मा हुने सामाजिक न्याय सम्बन्धी विश्वव्यापी गठबन्धनको मन्च कार्यक्रममा सहभागी हुने र विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
जेठ, ३० गते सभाको प्लेनरी सेसनको समापन सत्रमा सहभागी भई मन्त्रीको भ्रमण टोली स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।











टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया