आज जेठ २४ गते शनिबार, दिन कस्ताे रहला ? हेरौं राशिफल

काठमाडौं । आज २०८२ साल जेठ २४ गते शनिबार। जेठ शुक्ल पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ जुन ७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
मेष : उद्योग व्यापारमा फाइदा उठाउन सकिनेछ। कार्यक्षेत्रमा दोहोराएर कार्य गर्दा राम्रो सफलता मिल्नेछ। छोटो समयमा कामको जग बसाउन सकिनेछ। श्रमको उचित मूल्य पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
वृष : पुरानो समस्याहरूले विवाद निम्त्याउनेछ। सकारात्मक सोचले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। व्यापारमा सामान्य लाभ रहनेछ। विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन :मान प्रतिष्ठा बढ्नेछ। जीवन साथी को सहयोग मिल्नेछ। कार्यक्षेत्रमा परिवाको सहयोग मिल्ला। प्रतिस्पर्धीहरू पछि हट्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट : समय र अवस्था विचार गरेर आफूलाई प्रस्तुत गर्नुहोस्। सामाजिक वा सास्कृतिक क्षेत्रमा प्रतिष्ठित पद मिल्नेछ। दायित्वको निर्वाहनमा धेरै मेहनत गर्नुपर्ला। आफ्नो अनुकूलता विचार गरेर कार्य गर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
सिंह : मेहनतको उचित फल मिल्नेछ साथै पुरानो कार्यबाट लाभ कमाउने योग छ। नयाँ कार्यको थालनीमा विशिष्ट या जानकार व्यक्तिको सल्लाह लिनुहोला। दोधारमा कुनै निर्णय नलिनुहोला। आजको दिन भावनात्मक रुपमा चुनौतीपूर्ण रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
कन्या : शिक्षाको क्षेत्रमा सम्मान मिल्नेछ। आयस्रोत बढ्नुका साथै नयाँ कार्य हात लाग्नेछ। आफ्नाट रचनाहरूले आफ्नो प्रतिभालाई जनाउन सक्नुहुनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ९ रहेको छ।
तुला : घरपरिवारमा अनुकूल परिस्थिति रहनेछ। धार्मिक कार्यहरूमा गरेको योगदानलाई पुरस्कृत गर्न सकिनेछ। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
वृश्चिक : मनमा उत्साह रहनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। व्यापार व्यवसायमा मनग्य लाभ रहने छ। नसोधी सल्लाह दिनबाट बच्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
धनु : न्यायिक मामलाहरूमा सफलता मिल्नेछ। सरकारी क्षेत्रमा आफ्नो कर्तव्यलाई निभाउने प्रयास गर्नुहोस्। सबैले हजुरको व्यवहारको प्रशंसा गर्नेछन्। नयाँ योजनाहरूको सुरुवात गर्न सक्नुहुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
मकर : घरायसी मामलाहरू सुल्झाउनमा समय बित्नेछ। धर्मकर्ममा मन लाग्नेछ। एउटा कार्य समाप्त गरेर मात्रै अर्को कार्य प्रारम्भ गर्नुहोला। कार्यक्षेत्रमा सहकर्मीहरूले साथ दिनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ : आत्मविश्वासमा कमी आउनेछ। कार्य समयमा सम्पादन नहोला। द्वेष गर्नेहरूबाट सजग रहनुहोस्। राजनीतिक र सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ संगै नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
मिन : आफन्तको साथ र सहयोग मिल्नेछ। साझेदारी व्यापारमा लाभ मिल्नेछ। सामाजिक सञ्जालमा बोल्दा शब्दमा विशेष ध्यान दिनुपर्ने हुन्छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।















रेडमी नोट १५ फाइभ जी नेपालमा, कति पर्छ मूल्य ?
इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड कार्यक्रम
काभ्रेमा नौ ‘आपाराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता
Two arrested on charges of raping minor
कञ्चनपुरमा सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
समानुपातिकतर्फ करिब ९१ लाख मतगणना हुँदा कुन दलले कति पाए ?
प्रतिक्रिया