आइतबार, जेठ २५, २०८२

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री

मेरोन्यूज २०८२ जेठ २४ गते ९:४०

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बकर ईदको शुभकामना व्यक्त गरेका छन् ।

ईदको अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले स्वदेश तथा विदेशमा रहने सबै नेपालीमा पवित्र पर्व इद–उल–अज्हाको शुभकामना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक देश नेपालमा यस पर्वले आपसी सद्भाव, सामाजिक एकता र राष्ट्रिय एकतालाई अझ बलियो बनाओस् भन्ने कामना गरेका छन् । यस्तै, उनले न्यायपूर्ण, सहिष्णु र समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस् भनेका छन् ।

प्रतिक्रिया