अमेरिकामा एकै परिवारका चार नेपाली घरभित्रै मृत भेटिए

काठमाडौं । अमेरिकामा एकै परिवारमा चार नेपाली घरभित्रै मृत भेटिएका छन् । भर्जिनियामा बाबुआमा र उनीहरूका दुई सन्तान मृत भेटिएका हुन् ।
मृत्यु हुनेमा ३८ वर्षीय सन्तोष परियार ३६ वर्षकी अञ्जु श्रेष्ठ र उनीहरूका दुई सन्तान ८ वर्षीया छोरी र २ वर्षीय छोरा रहेका छन् । बालबालिकाको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
प्रहरीका अनुसार राति करिब १०ः४० बजे लानाए लेनस्थित एक अपार्टमेन्टमा उनीहरूको शव भेटिएको हो । उनीहरू लगभग ६ महिना अगाडि मात्र उक्त अपार्टमेन्टमा सरेर आएको छिमेकीहरूले बताएका छन् मृतक चारै जनालाई गोली लागेको पाइएको अमेरिकी सञ्चारमाध्यमहरूमा समाचार छ ।
घटनास्थलबाट एक हतियार पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।प्रहरीले संक्षिप्त विज्ञप्तिमा भनेको छ, ‘हालको प्रमाणका आधारमा यो घटना हत्या वा आत्महत्या हुन सक्ने देखिएको छ ।’ तर कसले गोली भन्नेबारे प्रहरीले अहिलेसम्म स्पष्ट विवरण दिएको छैन ।।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया