सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छ : शेखर कोइराला

भक्तपुर । नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले कांग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन् ।
भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देश अप्ठ्यारो परिस्थितिमा गएको र नेपाली कांग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग खोस्नुपर्ने बेला भइसकेको टिप्पणी गरे ।
अत्यन्तै अप्ठेरो परिस्थितिमा देश गइरहेको छ। नेपाली कांग्रेस एउटा मध्यममार्गी पार्टी हो। हामी दक्षिणपन्थी पनि होइन र वामपन्थी पनि होइन, उग्रवामपन्थीको त कुरै भएन,’ उनले भने, ‘कुनै पनि देशमा मध्यममार्गी पार्टी कमजोर भयो, खुम्चियो भने देश अराजकतातिर जान्छ।’
नेता कोइरालाले अराजकता रोक्न कांग्रेसले मात्रै सक्ने तर्क गरे । ‘त्यो अराजकता रोक्न नेपाली कांग्रेसले मात्रै सक्छ।’
उनले कांग्रेस सरकारमा भए पनि सत्तामा नरहेको जिकिर गरे । ‘सरकार र सत्ता फरक कुरा हुन्। हामी सरकारमा छौँ। नेपाली कांग्रेस सरकारमा छ। तर सत्ताको चाबी हामीसित छैन,’ उनले भने, ‘यसको अर्थ तपाईंहरू आफैँ लगाउनुस् ।’
नेताले वामपन्थीबाट सत्ताको चाबी लिनुपर्ने तर्क गरे । ‘सत्ताको चाबी वामपन्थीसँग छ। त्यसलाई कसरी हामीले खोल्ने ? चाबी खोल्नुपर्यो नि त,’ उनले भने ।
प्रतिक्रिया