एनपिएलः रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सका कप्तानसमेत रहेका रोहित पौडेलले ह्याट्रिक विकेट लिएका छन् । उनले आजको फाइनल खेलमा ह्याट्रिकसहित तीन विकेट लिएका हुन् । योसँगै रोहित जारी सिजनमा ह्याट्रिक गर्ने दोस्रो बलर बनेका छन् । यसअघि काठमाडौँ गोर्खाजका शाहव आलमले यो सिजनमा पहिलो ह्याट्रिक गरेका थिए ।
पोखरा एभेञ्जर्सविरूद्ध ह्याट्रिकसहित छ विकेट लिँदै उनले रेकर्ड बनाएका थिए । शाहव एकै खेलमा छ विकेट लिने पहिलो बलरसमेत बनेका थिए । यसअघि चितवन राइनोजका रञ्जित कुमारले एकै खेलमा पाँच विकेट लिएका थिए ।
यस्तै एकै खेलमा चार विकेट लिने खेलाडीहरूमा सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरी, सुदूरपश्चिमकै अविनाश बोहरा, विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने, पोखरा एभेञ्जर्सका विपीन खत्री, चितवन राइनोजका सोहेल तनभिर र पोखराका धनन्जय लक्षन रहेका छन् ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
प्रतिक्रिया