सशस्त्र प्रहरीद्वारा कुखुराका चल्ला बरामद

सशस्त्र प्रहरी बल पर्साले छिमेकी मुलुक भारतबाट अवैध तस्करी गरेर भित्र्याएको प्रतिबन्धित सात हजार ५०० गोटा कुखुराको चल्ला बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल पर्साबाट खटिएको टोलीले आज बिहान बहुदरमाई नगरपालिका–५ डकैला चोकबाट भारतबाट अवैध रूपमा चोरी पैठारी गरी तीन वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरेर नेपाल ल्याउँदै गरेको ७५ कार्टनु अर्थात् सात हजार ५०० गोटा प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले बरामद भएको प्रतिबन्धित कुखुराको चल्लालाई क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा नष्ट गरिएको जानकारी दिए ।
सो चल्ला पैठारी कार्यमा प्रयोग भएका मोटरसाइकललाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको जनाइएको छ ।











टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया