कांग्रेसले बोलायो संसदीय दलको बैठक
मेरोन्यूज
२०७८ वैशाख २३ गते १७:४७

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी वैशाख २५ गते शनिवार संघीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्ने गरी कांग्रेसले दलको बैठक बोलाएको हो । बैठक दिउँसो २ बजेका लागि बोलाईएको छ ।
प्रधानमन्त्री केपी ओलीले आगामी सोमबार अर्थात २७ वैशाखमा संसदको विशेष अधिवेशनमा विश्वासको मत लिने तयारी गरेपछि कांग्रेसले त्यसमा छलफल गर्न बैठक बोलाएको जनाएको छ ।
तर बैठकमा विश्वासको मत प्रधानमन्त्रीले लिने भन्दा अगाडी नै ओलीमाथी अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा पनि छलफल हुनसक्ने कांग्रेसका एक नेताले बताएका छन् ।
सम्बन्धित
















इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
टी–२० विश्वकप खेलमा स्कटल्यान्डमाथि वेस्ट इन्डिजको रोमाञ्चक जीत
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया