चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह

चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शनिबार देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले ‘पहेँलो स्तर’ को वर्षा सम्बन्धी चेतावनी जारी गरेको छ ।
शनि दिउँसो २ बजेदेखि आइतबार दिउँसो २ बजेसम्म याङ्छे नदी र ह्वाइहे नदी आसपासका क्षेत्र, हानज्याङ नदी, याङ्छे नदीको दक्षिणतर्फ पर्ने भूभाग, गुइझोउ तथा गुआङ्शी प्रान्तहरूमा व्यापक वर्षा हुने अनुमान गरिएको छ ।
जिआङ्सु, आन्हुई, हुबेई र चेजियाङका केही स्थानहरूमा १८० मिलिमिटरसम्म वर्षा हुन सक्ने जनाइएको छ । कतिपय क्षेत्रमा एक घण्टामै ८० मिलिमिटर वा सोभन्दा बढी पानी पर्ने सम्भावना रहेको छ, जससँगै मेघगर्जन र हुरीसमेत देखापर्न सक्ने अनुमान छ ।
स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूलाई शहरी तथा ग्रामीण क्षेत्रका ढल तथा निकास प्रणालीको निरीक्षण र पूर्वतयारी गर्न सुझाव दिइएको छ ।
चीनमा प्रयोग गरिने चार–स्तरीय रङ्गको चेतावनी प्रणालीअनुसार, रातो सबैभन्दा उच्च जोखिम जनाउने रङ्ग हो भने त्यसपछिका क्रमशः सुन्तला, पहेँलो र नीलो रंगले घट्दो स्तरका खतरा दर्शाउँछन् ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया