प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार

मकवानपुरको राक्सिराङ गाउँपालिकाका चेपाङ समुदायले बागमती प्रदेशसभा सदस्य भारती पाठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपहारस्वरुप ‘चिउरी’ प्रदान गरेका छन् । यहाँका चेपाङ समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएको पेरुङ्गो (बाँसको टोकरी)मा राखेर चिउरी पठाएका हुन् ।
आज उपहार ग्रहण गर्दै प्रधानमन्त्री ओलीले पेरुङ्गोमा चिउरीसँगै चेपाङ समुदायले आफ्नो आशा र भरोसा पनि पठाएको उल्लेख गर्दै उक्त उपहारका लागि धन्यवाद दिए । “चेपाङ समुदायको जीवनशैली, परम्परा, संस्कृति र जीविकोपार्जनसँग गहिरो सम्बन्ध राख्ने वनउपज चिउरीबाट म उक्त समुदायमा समृद्धी ल्याउने परिकल्पना गरिरहेको छु”, उनले भने, “परम्परागत सीप, जैविक विविधता, आदिवासी तथा सीमान्तकृत समुदायका जीवनशैलीप्रति म सम्मान व्यक्त गर्दै चिउरी प्रवर्द्धनका कार्यक्रम ल्याउनेप्रतिबद्धता ब्यक्त गर्दछु ।”
प्रधानमन्त्री ओलीले चिउरीको उत्पादन बढाउन र यसैमार्फत समुदायमा आर्थिक गतिविधि बढाउनका लागि कार्यक्रम ल्याउने बताए । उनले वन स्रोतको प्रयोगलाई केवल सालका रूख कटानमा सीमित नगरी दीगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने दिशामा लैजानुपर्ने धारणा भनाइ राखे ।
प्रधानमन्त्री ओलीले चेपाङ समुदायको परम्परागत ज्ञान, जीवनशैली र चिउरीसँगको सम्बन्धप्रति सम्मान व्यक्त गर्दै यस्तो बहुआयामिक वन उत्पादको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले प्राकृतिक स्रोतसाधनको दिगो व्यवस्थापन, जैविक विविधता संरक्षण तथा आदिवासी जनजातिको भूमिकालाई राज्यले प्राथमिकतामा राखेको समेत उल्लेख गरे ।
बागमती प्रदेशसभा सदस्य भारती पाठकले प्रधानमन्त्रीसँग भेटगर्ने क्रममा आदिवासी जनजातिको परम्परागत सीप, ज्ञान र जैविक विविधतालाई कायम राख्दै वनमा आधारित उद्यम विकास गर्नुपर्नेमा जोड दिइन् । सामुदायिक वन उपभोक्ता महासङ्घकी अन्तरराष्ट्रिय अध्यक्ष समेत रहेकी पाठकले मकवानपुर, चितवन र धादिङमा रहेका चेपाङ समुदायलाई आर्थिक गतिविधिमा जाड्ने उपयुक्त स्रोत चिउरी हुनसक्ने बताइन् ।
राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आफूहरुले जनप्रतिनिधिमार्फत उपहार पठाएको बताए । उनले भने, “प्रधानमन्त्रीका लागि पठाइएको चिउरी चेपाङ समुदायको पहिचानसँग पनि जोडिएको छ, उनले खुसीका साथ ग्रहण गरिदिनुभएकाले हामी हर्षित छौँ ।”
चेपाङ समुदायमा छोरीलाई विवाहमा चिउरीको बोट दाइजो दिने चलन छ । वनमा आधारित जीवनशैली अपनाउने र प्रकृतिका पुजारी चेपाङ समुदायले चिउरीको रूखलाई पनि सम्पत्ति मानेर दाइजो दिने गर्दछ ।
















सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
प्रतिक्रिया