बर्दियामा करेन्ट लागेर एक जनाको मृत्यु
मेरोन्यूज
२०८२ जेठ २६ गते १०:४६

बर्दिया । बर्दियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।बाँसगढी नगरपालिका-९ माछागढ बस्ने ५७ वर्षीय राजेन्द्रजंग शाहको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो ।
शाह आफ्नै खेतमा धानको बिउमा सिँचाइ गर्न विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनलाई कोहलपुर बाँकेमा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित










जेनजी सुशासन योद्धा : भट्ट परिवारको सहारा, कान्छो ढल्यो…
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ
दोहोरो अंकले बढ्यो सेयर बजार
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
प्रतिक्रिया