नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरुका लागि साइबर सुरक्षा सचेतना कार्यशाला

काठमाडौँ । बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी जेनिस सलुशनले नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरुलाई साइबर सुरक्षा सचेतना तथा अन्तरक्रिया कार्यशाला आयोजना गरेको छ । बढ्दो साइबर जोखिमबारे जानकारी दिन उक्त कार्यशाला आयोजना गरिएको हो ।
नेपाल प्रहरीको नेतृत्व तहलाई साइबर खतरा र विकसित परिदृश्यबारे बुझाउन आयोजना गरिएको उक्त कार्यशालामा राष्ट्रिय महत्वका पूर्वाधार तथा संवेदनशील कानून कार्यान्वयनसम्बन्धी डेटाको सुरक्षा रणनीतिबारे अन्तरक्रिया गरिएको थियो ।
जेनेस सलुशनका ग्लोबल सिटिओ तथा सिआइएसओ निरञ्जन कुँवरले नेतृत्वमा सञ्चालन भएको उक्त कार्यशालामा एड्भान्स पर्सिस्टेन्ट थ्रेट्स (ब्एत्क्), र्यानसमवेयर र आन्तरिक खतराहरुले विश्वभरिका सुरक्षासम्बन्धी निकायहरुमा पारेको प्रभावबारे विस्तृतमा चर्चा गरे । उनले अमेरिकाको न्यूजर्सीमा प्रहरी विभागहरुलाई ठप्प बनाउने र्यानसमवेयर आक्रमणदेखि बंगलादेशमा भएका साइबर डिफेसमेन्टसम्मका वास्तविक घटनाका आधारमा साइबर आक्रमणले पार्न सक्ने आर्थिक, संस्थागत र सञ्चालनगत जोखिमबारे प्रस्ट पारे ।
कुँवरले संकट व्यवस्थापन, योजना विकास, सुरक्षाप्रति सचेत संस्थागत संस्कृति निर्माण तथा साइबर सुरक्षामा लगानीजस्ता विषयहरुमा चर्चा गरेका थिए । कार्यशालामा वरिष्ठ अधिकृतहरुले र्यानसमवेयरले मुख्य प्रणालीहरुलाई लक्षित गर्दा कसरी तत्काल प्रतिक्रिया दिने भन्ने अभ्यास पनि गरेका थिए ।
प्रविधिमा आधारित उपायसँगै कार्यशालाले सामाजिक इञ्जिनियरिङ र डीपफेक जस्ता प्रविधिमा आधारित छलहरुको विरुद्धमा मानवीय क्षमता विकासको आवश्यकता पनि औंल्याईएको थियो । बलियो पासवर्डको प्रयोग, दुई तहको प्रमाणीकरण र सतर्क अनलाइन अभ्यासहरु अपनाउनुपर्ने कुरामा जोड दिईएको थियो । उक्त कार्यशालालाई नेपाल प्रहरीको साइबर तयारी सुदृढ गर्ने दिशामा एक महत्वपूर्ण कदमका रूपमा लिईएको छ र यसले बदलिँदो डिजिटल परिदृश्यमा राष्ट्रिय हित सुरक्षाका लागि नेतृत्व तहको प्रतिबद्धतालाई थप बलियो बनाएको छ ।

















मध्यपूर्वको तनावका कारण नेपाल, युएई र ओमानबीचको लिग-२ को सिरिज स्थगित
सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन
मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा
टिकटकर रतन कार्की प्रहरीको नियन्त्रणमा
निर्वाचनकाे दिन कतै पनि वर्षा नहुने
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया