नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ को स्टल बाँडफाँड

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यान्युफ्याक्चर्स एसोसिएसन नाइमा ले नेपाल मोबिलिटी एक्सपो २०२५ को लागि पहिलो संस्करणको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न भएको छ । साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा उक्त प्रदर्शनी हुनेछ ।
कार्यक्रममा चार पांग्रे, दुई पांग्रे, र व्यावसायिक सवारी साधन क्षेत्रका गरी ५० ब्रान्डहरूको सहभागिता रहने छ । ४८ स्टलमध्ये २१ वटा चार पांग्रे सवारी ब्रान्डलाई, १८ वटा दुई पांग्रे ब्रान्डलाई र ९ वटा स्टल व्यावसायिक सवारी साधन ब्रान्डलाई प्रदान गरिएको जनाइएको छ ।
नाइमा अध्यक्ष रितु सिंह वैद्यले नेपालको अटोमोबाइल उद्योगका प्रमुख ब्रान्डहरूबाट प्राप्त सकारात्मक र उत्साहजनक सहभागिताले हर्षित र उत्साहित भएको बताइन् । उनका अनुसार सबै स्टल बुक भइसकेका छन्
नाइमाले नेपालका मोबिलिटी क्षेत्रको साझा आवाजको प्रतिनिधित्व गर्ने, रणनीतिक सहकार्य गर्ने, विकासमा योगदान पुर्याउने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नीति निर्माताहरूसँग प्रभावकारी पैरवी गर्ने साझा थलोको रूपमा काम गर्ने जनाएको छ ।
यो एक्सपोले परम्परागत प्रदर्शनीको ढाँचाहरुमा नयाँपन थप्ने भएको छ । उपभोक्ता र अटोमोबाईल व्यवसायीहरूलाई आफ्नो सवारी साधनलाई नयाँ र आकर्षक ढङ्गले प्रस्तुत गर्ने अवसर पाउने छन् ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया